नेपाली नागरिकता त्याग्नेलाई विमानस्थलमा अलग्गै डेस्क


काठमाडौं, चैत ९ । सरकारले नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा अलग्गै डेस्क राख्ने भएको छ ।

अध्यागमन विभागका अनुसार विश्वका विभिन्न मुलुकमा छरिएर रहेका गैर आवासीय नेपाली र नेपाली मूलका विदेशी नागरिकहरुको नेपाली भाषा संस्कृति र नेपाली माटोप्रतिको आत्मियतालाई प्रगाढ बनाउन र नेपालमा पर्यटन एवं लगानी प्रवद्र्धन गर्न सो निर्णय गरिएको हो ।

विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयलाई विमानस्थलको आगमन र प्रस्थान कक्षमा अलग्गै डेस्कको व्यवस्थापन गर्न आइतबार पत्राचार गरेको छ ।