सुनको मूल्य घट्यो, कतिमा हुदैँ छ कारोबार ?


काठमाडौँ, ९ चैत । सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुनको मुल्य प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ तोकेको छ । जुन मूल्य अघिल्लो दिन (आइतबार) को तुलनामा ६ हजार ५०० रुपैयाँ कम हो ।

अघिल्लो दिन सुन तोलामा २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।  यसअघि शुक्रबार छापावाल सुन तोलामा २ लाख ९४ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ४ हजार ५४० रुपैयाँ कायम भएको चाँदी सोमबार घटेर ४ हजार ४२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।