सरकारी नियुक्ति पाएकालाई पद छाड्न चन्द्र भण्डारीको सुझाव


काठमाडौं, चैत १० । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विगतमा सरकारी नियुक्ति पाएकाहरूले पद छोड्दा नै उपयुक्त हुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बहुमतको सरकार बनिरहेको बेला विगतमा सरकारी नियुक्ति पाएकाहरूले पद छोड्दा नै उपयुक्त हुने बताएका हुन् ।

उनले लेखेका छन्, ‘बहुमतको सरकार बनिरहेको छ, जोस र जागर छ—जनताले पताइसकेका छन्। विगतमा राजनैतिक नियुक्ति पाएकाहरूले पद छोडे भइहाल्यो नि। अब लामो सास नफेर !!! सल्लाह पनि नखोज !!! “हटायो” भन्ने शब्द आउन किन दिने ? नयॅा नजिर बन्न सक्दछ ! “ स्वाभिमान “ —दौरा–सुरुवाल, कोट, पद, पैसा, निवास, गाडीले सुरक्षा दिएको लोभले बडाएको “कर्तुत” होइन।