काठमाडौं, १० चेत । सामाजिक सञ्जालमा नाबालिकको चरित्र हत्या गरेको अभियोगमा काठमाडौं बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-८ दारीमबोट घर भएका २२ वर्षीय अशोक लामालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पीडितको अन्तरङ्ग तस्विर तथा भिडियो टेलिग्राम एकाउन्टबाट प्रसारण भइरहेको भन्ने उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो ।
उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया