जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ


काठमाडौँ, १० चैत । महाकाली नगरपालिका-४ तल्लासैन बस्ने ५२ वर्षीय मोहन सिह बिष्टले संचालन गरेको अपि रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा मोहन समेत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार २ सय ५ रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।