केसीले आज शपथ लिँदै, भोलि अन्य सांसदको पालो


काठमाडौं, चैत ११ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउदै छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ११:१५ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन्। केसीले भोली बिहीबार नवनिर्वाचित सांसदहरूलाई शपथ गराउने छन् ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन्। नेपाली कांग्रेसका सांसद केसी समानुपातिक निर्वाचन प्रणालीका माध्यमबाट निर्वाचित भएका हुन्।