काठमाडौं, चैत ११ । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले मितको एकताले जनता र समर्थकमा विश्वास आर्जन हुन नसक्ने भनाइ राखेका छन्। फेरि वाम एकताको राग चल्न लागेको बताउँदै उनले यस्तो भनाइ राखेका हुन्। उनले वाम एकता गर्नुभन्दा सगंठनको पुनर्गठन र नवीन नेतृत्वको निर्माण खोज्नु नै राम्रो हुने तर्क गरे।
‘फेरि वाम एकताको राग चल्न लागेछ। यो पनि जनताले मत हालेर सरकार गठन हुन लाग्दा केही मान्छेले मसीको प्रमाण खोज्न हिँडे झै फोहर गरेपछि दैलो देखे जस्तै हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आन्दोलनको पुनर्जागरभित्र सगंठनको पुनर्गठन र नवीन नेतृत्वको निर्माण खोज्नु वेस। मितको एकताले जनता र समर्थकमा विश्वास आर्जन हुन सक्दैन।’




प्रतिक्रिया