तोलामै १४ हजारले ६ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो?


काठमाडौं, चैत ११ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४ हजार ६ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ८८ हजार ५ सय रुपैयाँ तोकिएको छ । यसअघि मंगलबार सुनको मूल्य तोलाको २ लाख ७३ हजार ९०० मा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा ४ हजार ९२० रुपैयाँ तोकिएको छ । मंगलबार चाँदीको मूल्यको तोलाको ४ हजार ५०५ रुपैयाँ तोकिएको छ ।