अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २१ जना पक्राउ


काठमाडौँ, ११ चैत । काठमाडौं महानगरपालिका-१३ बाफलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३० ट्याब्लेट सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं स्युचाटार घर भएका ४९ वर्षीय सुजन खत्री र काठमाडौं बाफल बस्ने कैलाली घर भएका २१ वर्षीय ईमानसु बुढा रहेका छन् । प्रहरी वृत्त कालीमाटी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-१० कपन बस्ने झापा घर भएका २४ वर्षीय सुनिल सान्थललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा निजको साथी काठमाडौं कपन बस्ने सिन्धुपाल्चोक घर भएका २९ वर्षीय सुदिप बन्जराको कोठा तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ५ सय १० मिलिग्राम र एसएलआरको गोली १ राउण्ड फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर, भक्तपुर नगरपालिका-१० बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ९६ ट्याब्लेट सहित सोही ठाउँ बस्ने नुवाकोट घर भएका २० वर्षीय सुनिल भुजेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कैलाली, भजनी नगरपालिका-५ पृथ्वीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७० मिलिग्राम सहित जानकी गाउँपालिका-२ परागीपुर बस्ने ३० वर्षीय प्रकाश भण्डारी समेत ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.९५ प ४६९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ मुलपानी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय अनुज शाही समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले अनुजको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४३ ट्याब्लेट सहित ब्यास नगरपालिका-१४ बस्ने २५ वर्षीय केशव थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट भिमादतर्फ आउँदै गरेको ग.२ ख १७७३ नम्बरको इभि माइक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-१ बन्साहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका-१ बस्ने २० वर्षीय आकाश चौधरी र सोही नगरपालिका-२ बस्ने २१ वर्षीय अबिषेक चौधरी रहेका छन् । अस्थायी प्रहरी पोष्ट बन्सहाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कपिलवस्तु, शिवराज नगरपालिका-५ चन्द्रौटा बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ४४ मिलिग्राम सहित सोही नगरपालिका-३ खरेन्द्रपुर बस्ने ३१ वर्षीय सुरज पाण्डेलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-१५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार १ सय ४६ ट्याब्लेट, स्पास्पेन ४ हजार ट्याब्लेट र डिकोलिक २ सय २८ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २९ वर्षीय अनिल लिम्बुलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

नवलपरासी पश्‍चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध स्पास्मो २ सय १६ ट्याब्लेट र नाइट्राभेट ६० ट्याब्लेट सहित नवलपरासी पुर्व मध्यबिन्दु नगरपालिका-१० अरूणखोला बस्ने २९ वर्षीय सुमन सुनारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहानगरपालिका-१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम र नगद ३८ हजार सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय सौरव वली, सोही उपमहानगरपालिका-४ बस्ने २४ वर्षीय बिशाल विक र २४ वर्षीया मीना नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले सौरवको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा घोराही उपमहानगरपालिका-१३ जागृती टोलमा बस्ने सिर्जना चौधरीको कोठा तलासी गर्दा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम ६ सय २० मिलिग्राम फेला पारी सिर्जना समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।