काठमाडौं, ११ चैत । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-५ सिद्धिटोल बस्ने रौतहट गरूडा नगरपालिका-१ श्रीपुर घर भएका २१ वर्षीय श्याम किशोर चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत ललितपुरको २०८० चैत १ गतेको फैसलाले उक्त मुद्दामा १७ लाख ८५ हजार ६ सय रूपैयाँ जरिवाना र क्षतिपूर्ति वापत १ लाख रूपैयाँ पीडित राहत कोषमा जम्मा गराउने ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टोखा नगरपालिका-५ सिद्धिटोलबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।




प्रतिक्रिया