पाँच दिनपछि घट्यो नेप्से


काठमाडौँ, ११ चैत । अघिल्ला पाँच कारोबार दिन लगातार बढेको सेयर बजार बुधबार घटेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा आज २४.४५ अंक घटेर २९३५.९४ विन्दुमा झरेको हो ।

बजार घटेपनि कारोबार रकम भने बढेको छ। मंगलबार १४ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बुधबार ३४५ स्टकको १ लाख ३८ हजार २५६ पटकको कारोबारमा १५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

आज रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, सुपर खुदी हाइड्रोपावर, सोलु हाइड्रोपावर , भुजुङ हाइड्रोपावर लिमिटेड, र होटल फरेस्ट इन लिमिटेडका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भए भने ङादी ग्रुप पावर लिमिटेड, कारोबार रकमका आधारमा शीर्ष स्थानमा रह्यो। १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढ्दा ११ उपसमूह घटेका छन्, जसले बजारमा सामान्य करेक्सन देखिएको संकेत गरेको छ।