उदयपुर, ११ चैत । कटारी नगरपालिका-५ बरमझिया बस्ने ३३ वर्षीय तुल बहादुर थापा मगरलाई अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
बाँके, जानकी गाउँपालिका-६ कोठारपुर बस्ने २९ वर्षीय भोलानाथ भाटलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया