कार्की आयोगले २४ गते विस्मृतिमा धकेल्न खोजे पनि संभब छैन: बास्कोटा


काठमाडौं, चैत १२ । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनले भदौ २४ गतेको विध्वंसात्मक घटनालाई विस्मृतिमा धकेल्न खोजेको टिप्पणी गरेका छन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वले तयार पारेको प्रतिवेदनबारे बास्कोटाले इतिहासले जवाफ मागेका पात्र र र प्रवृत्ति कठघरामा उभिएर जवाफ दिने भएपनि त्यो एकतर्फी नहुने बताएका छन् ।

बास्कोटाले लेखेका छन्, ‘इतिहासले जवाफ मागेका पात्र र प्रवृत्तिले कठघरामा उभिएर जवाफ त देलान् नै । तर त्यो एकतर्फी हुन सक्दैन । र,घटनाहरूमा स्वतन्त्र कारण रहे पनि देखापरिसक्दा ती एक्ला हुँदैनन् । कारण,परिणाम र प्रभाव मात्र हैन अर्को पक्ष पनि सँगै भएकै हुन्छ । कार्की आयोगले २४ गते विस्मृतिमा धकेल्न खोजे पनि सम्भव छैन ।’