काठमाडौं, १२ चैत । महानगरपालिका-२६ ठमेल नरसिंह चोकस्थित सिटि हेभन होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २० ग्राम सहित सिराहा, सिरहा नगरपालिका-८ घर भएका २९ वर्षीय रक्की कुमार यादवलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले होटलको ४०४ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-१६ नयाँ बजार फलफूल चोकबाट अवैध लागूऔषध पोलेन २ सय २० ग्राम सहित काठमाडौं स्वयम्भू बस्ने गोरखा गण्डकी गाउँपालिका-४ घर भएका ३८ वर्षीय रमेश बसेललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-९ बस्ने ३३ वर्षीय दिनेश कुर्मीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ४० मिलिग्राम सहित बाँसगढी नगरपालिका-३ बस्ने ३५ वर्षीय गंगाराम सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिराहा, लहान नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० ग्राम सहित उदयपुर त्रियुगा नगरपालिका-६ जलजले बस्ने ४२ वर्षीय गणेश कुमार चौधरीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले प्र.०१-०५-००२ प २०८७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-१८ बेलझुण्डीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ६० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१८ बिजौरी बस्ने २३ वर्षीय प्रभात झाक्री मगर र २४ वर्षीय बिराट घर्ती मगर रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, लम्कीचुहा नगरपालिका-६ बागमाराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय गणेश विकलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-८ पचुईबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय २० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-६ बस्ने ३८ वर्षीय प्रेम लाल राना र ४३ वर्षीय मागुराम चौधरी रहेका छन् । प्रहरी चौकी पचुईबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.५ प ५८०१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१६ पानीट्याङ्की बस्ने ३० वर्षीय रितिक थामी समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय १० ट्याब्लेट र स्पास्पेन ६ सय १० ट्याब्लेट सहित बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जोरसखुवा धरानबाट खटिएको प्रहरीले रितिकको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-२० विष्णुपादुका पुलबाट अवैध लागूऔषध गाँजा करिब १७ किलोग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-८ बस्ने १९ वर्षीय शिखर राई र १९ वर्षीय विश्व राई रहेका छन् । अस्थायी प्रहरी पोष्ट जोरसखुवा धरानबाट खटिएको प्रहरीले विष्णुपादुकाबाट धरानतर्फ आउँदै गरेको प्र.१-०२-०५४ प ०९४४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।




प्रतिक्रिया