काठमाडौँ, १२ चैत । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड (ANLB) ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
संस्थाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। सो प्रस्ताव पारित गर्न कम्पनीले २०८३ वैशाख ७ गते घोराही उपमहानगरपालिका मा सातौँ वार्षिक साधारण सभा बोलाएको छ, जुन बिहान ११ बजे सुरु हुनेछ।
सभामा लाभांश प्रस्तावसँगै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गरिनेछन्।
साथै साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत २६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। यस अनुसार चैत २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (NEPSE) मा कारोबार भई कायम शेयरधनीहरूले मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन्।




प्रतिक्रिया