काठमाडौं, चैत १४ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिवालय बैठक र सडक संघर्ष एकसाथ सुरु भएको छ । ओलीलाई प्रहरीले आज बिहान गुन्डुस्थित निवासबाटै पक्राउ गरेपछि पार्टीको आधिकारिक धारण तय गर्न ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा एमाले शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।
बैठकमा ओलीको पक्राउप्रति पार्टीको आधिकारिक धारणा तय गर्नुका साथै आगामी रणनीतिबारे छलफल हुँदैछ । भित्र सचिवालय बैठकमा आन्दोलनका कार्यक्रमसमेत तय गर्नेबारे छलफल जारी रहदा बाहिर भने कार्यकर्ताहरुले सरकार विरुद्ध विरोध प्रर्दशन सुरु गरेका छन् ।
पार्टी कार्यालय पुगेका अधिकांश नेताहरूले यसलाई राजनीतिक उद्देश्यबाट प्रेरित कदम भएको दाबी गर्दै विरोध जनाएका छन् । बैठकपछि पार्टीले औपचारिक निर्णय सार्वजनिक गर्ने बताइएको छ ।




प्रतिक्रिया