काठमाडौं, १५ चैत्र । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले संघको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अध्यक्षमा निर्वाचित भएकाहरुलाई हालसम्म सम्पन्न भएका कार्यहरुको विवरण समेटी कार्यप्रगति प्रतिवेदन अनिवार्य रुपमा सार्वजनिक गर्न निर्देशन दिएका छन् ।
आज (आइतबार) अध्यक्ष शेर्पाले नेविसंघको तर्फबाट स्ववियुमा निर्वाचित भएका नेतृत्वहरुलाई यो निर्देशन जारी गरेका हुन् । पारदर्शिता, जवाफदेहिता तथा विद्यार्थी समूदायप्रति उत्तरदायित्व सुनिश्चित् गर्ने उद्देश्यले संघको तर्फबाट स्ववियुमा नेतृत्वमा रहेकाहरुलाई अनिवार्य रुपमा कार्यप्रगति विवरण सार्वजनिक गर्न भनेका हुन् ।
उनले उक्त कार्य प्रगति प्रतिवेदन प्रकाशित भएको जानकारीसहित सोको एक प्रति नेविसंघको केन्द्रीय समितिको कार्यालयमा अनिवार्य रुपमा उपलब्ध गराउनपनि निर्देशन दिएका छन् ।





प्रतिक्रिया