काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालले यो वर्षको तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार पत्रकार सञ्जिव रेग्मीलाई प्रदान गरेको छ । आज (मंगलबार) क्लबले आफ्नो २८औं वार्षिकोत्सव अवसरमा ५० हजार एक रुपैयाँ नगद राशि रहेको पुरस्कारबाट पत्रकार रेग्मीलाई सम्मानित गरेको हो ।
हेडलाईन नेपालका संस्थापक, सिईओ तथा कार्यक्रम प्रस्तोता रेग्मी विगत अढाई दशकदेखि नेपाली पत्रकारितामा सक्रिय छन् । उनले रेडियो, टिभी र अनलाईन सबै माध्यमबाट सक्रिय भूमिका निर्वाह गरेका छन् ।




प्रतिक्रिया