काठमाडौं, १९ चैत । देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा शान्तिपूर्ण रुपमा सुरु भएको छ । बिहान ८ बजेदेखि जारी परीक्षाको आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षामा विद्यार्थी सामेल भएका छन् । परीक्षा यही चैत २९ गतेसम्म हुने छ ।
परीक्षामा पाँच लाख १२ हजार ४२१ जना सहभागी छन् । जापानको एक परीक्षा केन्द्रमा २३ जना सहभागी भएका छन् । परीक्षामा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जना र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जना सहभागी छन् ।




प्रतिक्रिया