काठमाडौं, चैत २१ । सरकारले वृद्ध भत्ता पाउने उमेरबारे भएका टीकाटिप्पणीमा कुनै सत्यता नभएको प्रस्ट पारेको छ । अर्थ मन्त्रालयले आज एक सूचना जारी गर्दै वृद्ध भत्ता पाउने उमेरबारे भएका टीकाटिप्पणीहरूमा कुनै सत्यता नभएको जनाएको हो ।
सामाजिक सञ्जाल र अन्य माध्यमहरूमा भत्ता पाउने उमेर बढाइएको भन्दै चर्चा हुन थालेपछि मन्त्रालयले सूचना निकालेर स्पष्ट पारेको हो । मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘वृद्ध भत्ता पाउने उमेरबारे भएका टिकाटिप्पणीहरूमा कुनै सत्यता छैन। यस सन्दर्भमा मन्त्रालय र माननीय मन्त्रीले कुनै छलफल समेत नगरेको स्पष्ट पार्न चाहन्छौँ।’
पछिल्लो केही दिनयता सामाजिक सञ्जालमा वृद्ध भत्ताको उमेर ७० बाट ७५ पुर्याइएको भन्ने खालका सामग्री प्रचार गरिएको थियो।





प्रतिक्रिया