काठमाडौं, चैत २१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उपसभामुख बनाउने मनशाय व्यक्त गरेका छन् । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही र रास्वपाका सभापति लामिछानेबीच उपसभामुखको विषयमा आज करिब १ घण्टा लामो संवाद भएको छ ।
‘म भर्खरै रवि लामिछानेलाई भेटेर बाहिरिएँ । उपसभामुखमा हामीले पाउनुपर्छ भन्ने त होइन । उहाँ (रवि) को चाहना उपसभामुख राप्रपाबाट भइदियोस् भन्ने चाहना रहेको मैले पाएँ । त्यस्तो मिल्दाखेरी हाम्रो दुई जना महिला सांसद हुनुहुन्छ । पार्टी संसदीय दलको बैठक बसेर निर्णय गर्छौं,’– नेता शाहीले रिपोर्टर्स नेपालसँग भने ।
रास्वपाले यसअघि नै डीपी अर्याललाई सभामुख पदमा निर्वाचित गराइसकेको छ। संवैधानिक प्रावधानअनुसार सभामुख र उपसभामुख फरक–फरक दल र लिङ्गको हुने व्यवस्था रहेको छ ।




प्रतिक्रिया