काठमाडौं, चैत २३ । स्वतन्त्र सांसद महावीर पुनले कसैको चाप्लुसी र चाकरीमा नफस्न नेताहरूलाई आग्रह गरेका छन् । आज बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले चाप्लुसी र चाकरी गर्नेहरू नेपाली भाइरस भएको टिप्पणी गरेका हुन् ।
‘चाप्लुसी र चाकरी गर्नेहरू नेपाली भाइरस हुन् । रास्वपा र अन्य नयाँ दलका नेताज्यूहरू ! आफ्नै कार्यकर्तासहित कसैको पनि गुलियो चाप्लुसीमा नफस्नु होला लोभी पापीहरूले आफ्नो स्वार्थपूर्ति गर्न पहिला चाप्लुसी गर्छन् । तपाईंहरू चाप्लुसीमा फँस्नु भयो भने चाकरी गर्छन् । तपाईहरू चाकरीमा लोभिनु भयो भने उनीहरूले आफ्नो स्वार्थ पूरा गर्छन् र तपाईंहरूलाई पनि फसाउँछन् । पुरानो दलका नेताहरूलाई यो कुरा भनेर केही अर्थ छैन ।’ उनले लेखेका छन् ।
लोभी पापीहरूले आफ्नो स्वार्थपूर्ति गर्न पहिला चाप्लुसी गर्ने र नेताहरू त्यसमा लोभिँदा उनीहरूले आफ्नो स्वार्थ पूरा गरेर नेताहरूहरूलाई पनि फसाउने गरेको सांसद पुनको भनाइ छ ।




प्रतिक्रिया