काठमाडौं, चैत २३ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नयाँ शक्तिले सुशासनलाई आफ्नो चरित्रमा भन्दा पनि पुराना दलको खेदो खन्नुमा मात्रै केन्द्रित गरेको आरोप लगाएका छन् ।
सोमबार फेसबुकमा उनले निर्वाचनका समयमा नयाँ शक्तिले मात्रै सुशासन ल्याउने र देश बनाउने भन्दै व्यापक प्रचार गरिएको स्मरण गर्दै उनले अहिलेको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । उनले लेखेका छन्, “चुनावका समयमा नयाँले सुशासन ल्याउँछ, देश बन्छ भनेर हल्लीखल्ली नै भयो । तर अहिले सुशासन नयाँको चरित्रमा होइन, पुरानाको खेदो खन्नुमा मात्रै खोजिँदै रहेछ ।” उनले सुशासन नारामा मात्र नभई व्यवहार र चरित्रमा देखिनुपर्नेमा जोड दिएका छन् ।




प्रतिक्रिया