काठमाडौं, चैत २७ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि लागु हुने गरी अन्त्य गर्ने निर्णय गरेका छन्।
नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को यही चैत २४ गतेको निर्णय र सिफारिसमा अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
यही चैत १९ गतेदेखि दुवै सदनको अधिवेशन प्रारम्भ भएको थियो। प्रतिनिधिसभा र राष्ट्रियसभा रहेको संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो तीन बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ।




प्रतिक्रिया