काठमाडौं, चैत २८ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भोली आइतबार भारत भ्रमणमा जाने तय भएको छ। भारतको ग्वालियरस्थित आईटीएम युनिभर्सिटीको विशेष निमन्त्रणामा आयोजना हुने ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ मा मुख्य वक्ताका रूपमा सहभागी हुन उनी पत्नी हिसिला यमिसहित त्यसतर्फ जान लागेका हुन् । डा.भीमराव अम्बेडकरको जन्मजयन्ती (वैशाख १ गते) को अवसरमा भट्टराईले आफ्नो धारणा राख्नेछन्
उनले ग्वालियरमा विद्यार्थी, प्राध्यापक र अनुसन्धानकर्ताहरूसँग समसामयिक विषयमा छलफल गर्नेसमेत कार्यक्रम रहेको । त्यस्तै, वैशाख २ गते नयाँ दिल्लीमा रहेको साउमा ‘नयाँ राजनीति मार्फत नेपालको समृद्धिको मार्ग’ शीर्षकमा उनले विशेष सम्बोधन गर्नेछन्। नेपालको बदलिँदो राजनीति र दक्षिण एसियाको समग्र समृद्धिका बारेमासमेत उनले विचार राख्नेछन् ।




प्रतिक्रिया