काठमाडौं, चैत ३० । उद्योगमन्त्री गौरी कुमारी यादवले आफ्नो सम्पत्ति विवरणमा आफूसँग १८० तोला सुन रहेको उल्लेख गरेकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा बढी सुन हुने मन्त्रीहरूमध्ये उनी सबै भन्दा अघि रहेकी छन् । उक्त सुन व्यापारमार्फत आर्जन गरेको उनको दाबी छ।
त्यसैगरी, उनको नाममा काठमाडौंमा एउटा घर तथा अन्य ६ स्थानमा जग्गा रहेको छ। तीमध्ये केही जग्गा बिग मार्टलाई लिजमा दिइएको र त्यसबाट मासिक ९० हजार रुपैयाँ आम्दानी हुने गरेको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ।
त्यस्तै, सबैभन्दा कम सुन कृषि तथा पशुपन्छी विकासमन्त्री गिता चौधरीसँग रहेको देखिएको छ । मन्त्री चौधरीको पाँच तोला सुन र एक सय तोला चाँदी रहेको छ । विभिन्न बैंकमा एक लाख २६ हजार रुपैयाँ मौज्दात रहेको उल्लेख गरेकी उनले माइतीले दिएको दुईवटा बाख्रा र १० वटा कुखुरा रहेको विवरणमा समावेश छ ।




प्रतिक्रिया