इरानसँगको वार्ता असफल भएपछि ट्रम्पले दिए यस्तो संकेत

वासिङ्टन डीसी । इरानसँगको वार्ता असफल भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अडान थप कडा पारेका छन्। जोइन्ट बेस एन्ड्रुजमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले इरान फेरि वार्ताको मेचमा फर्किए वा नफर्किए आफूलाई कुनै फरक नपर्ने बताएका हुन्।

उनले इरानलाई दबाबमा राख्न अमेरिकाले अब सैन्य शक्तिको प्रयोग र कडा नाकाबन्दीलाई नै प्राथमिकता दिने सङ्केत दिए । राष्ट्रपति ट्रम्पले भने, ‘इरान वार्तामा फर्किए पनि ठिक छ, नफर्किए पनि मलाई कुनै परवाह छैन।’

यो भनाइले अमेरिका अब कूटनीतिक बाटोभन्दा पनि प्रत्यक्ष दबाबको रणनीतिमा अघि बढेको पुष्टि गर्छ। ट्रम्पको यो अभिव्यक्ति इस्लामावादमा भएको म्याराथन वार्ता बिना निष्कर्ष टुङ्गिएपछि आएको हो, जसले दुई देशबिचको तनावलाई नयाँ उचाइमा पुर्‍याएको छ।

यसैबीच, अमेरिकी सेनाले सोमबारदेखि नै इरानी बन्दरगाहहरूमा पूर्ण नाकाबन्दी सुरु गर्ने तयारी गरेको छ। ट्रम्पले स्ट्रेट अफ होर्मुजबाट भित्र छिर्ने वा बाहिर निस्कने हरेक जहाजलाई अमेरिकी नौसेनाले रोक्ने घोषणा गरेका छन्। उनले इरानलाई अवैध शुल्क बुझाउने कुनै पनि जहाजले अन्तर्राष्ट्रिय समुद्रमा सुरक्षित यात्रा गर्न नपाउने चेतावनी समेत दिएका छन्।

अमेरिकाको यो कठोर कदमले विश्वको मुख्य तेल आपूर्ति मार्गमा ठुलो अवरोध सिर्जना गर्ने देखिएको छ। होर्मुजमा हुने नाकाबन्दीले विश्वभर इन्धनको अभाव र मूल्यवृद्धि गराउन सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।वासिङ्टन डीसी । इरानसँगको वार्ता असफल भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अडान थप कडा पारेका छन्। जोइन्ट बेस एन्ड्रुजमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले इरान फेरि वार्ताको मेचमा फर्किए वा नफर्किए आफूलाई कुनै फरक नपर्ने बताएका हुन्।

उनले इरानलाई दबाबमा राख्न अमेरिकाले अब सैन्य शक्तिको प्रयोग र कडा नाकाबन्दीलाई नै प्राथमिकता दिने सङ्केत दिए । राष्ट्रपति ट्रम्पले भने, ‘इरान वार्तामा फर्किए पनि ठिक छ, नफर्किए पनि मलाई कुनै परवाह छैन।’

यो भनाइले अमेरिका अब कूटनीतिक बाटोभन्दा पनि प्रत्यक्ष दबाबको रणनीतिमा अघि बढेको पुष्टि गर्छ। ट्रम्पको यो अभिव्यक्ति इस्लामावादमा भएको म्याराथन वार्ता बिना निष्कर्ष टुङ्गिएपछि आएको हो, जसले दुई देशबिचको तनावलाई नयाँ उचाइमा पुर्‍याएको छ।

यसैबीच, अमेरिकी सेनाले सोमबारदेखि नै इरानी बन्दरगाहहरूमा पूर्ण नाकाबन्दी सुरु गर्ने तयारी गरेको छ। ट्रम्पले स्ट्रेट अफ होर्मुजबाट भित्र छिर्ने वा बाहिर निस्कने हरेक जहाजलाई अमेरिकी नौसेनाले रोक्ने घोषणा गरेका छन्। उनले इरानलाई अवैध शुल्क बुझाउने कुनै पनि जहाजले अन्तर्राष्ट्रिय समुद्रमा सुरक्षित यात्रा गर्न नपाउने चेतावनी समेत दिएका छन्।

अमेरिकाको यो कठोर कदमले विश्वको मुख्य तेल आपूर्ति मार्गमा ठुलो अवरोध सिर्जना गर्ने देखिएको छ। होर्मुजमा हुने नाकाबन्दीले विश्वभर इन्धनको अभाव र मूल्यवृद्धि गराउन सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।