रविलाई सुदनको प्रश्नः गणतन्त्रलाई रास्वपाले खिलको रूपमा लिन थालेको हो ?


काठमाडौं, १ वैशाख । पूर्व मन्त्री सुदन किरातीले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको राष्ट्रिय प्रतिवद्धता पत्रमा पूर्व–पश्चिम राजमार्गलाई “महेन्द्र राजमार्ग” नामाकरण गरेको प्रति आपत्ति जनाएका छन् । नेता किरातीले गणतान्त्रिक सरकारलाई राजतन्त्रसँग जोडिएका प्रतीकहरूप्रति अति मोह जागृत भएको टिप्पणी गरेका छन् ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ वर्षको शुभकामनासँगै ‘यो खिल निकाल्ने वर्ष हो, पीडा हुन सक्छ’ भनेका थिए । रास्वपा सभापति लामिछानेको सोही अभिव्यक्ति र सरकारको पछिल्लो गतिविधिलक्षित गर्दै नेता किरातीले भनेका छन् ‘के गणतन्त्रलाई रास्वपाले खिलको रूपमा लिन थालेको हो ?’

साथै, ‘देश बनाउछु’ भन्ने नेताले के-के गर्नुपर्छ भन्ने थाहा पाउनुमात्र प्रयाप्त नहुने र के-के गर्नुहुँदैन भन्ने पनि थाहा पाउन त्यतिकै जरूरी हुने उनले बताएका छन् ।