काठमाडौं, चैत २ । प्रधानमन्त्री वालेन्द्र शाहले आज सबै पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज मध्याह्न १२ बजे छलफल तथा अन्तराक्रिया कार्यक्रम राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कार्यक्रममा सांसदहरूले आ-आफ्ना ‘क्लस्टर’का समस्या, चुनौती तथा समाधानका उपायबारे धारणा प्रस्तुत छन् ।
अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबिच प्रत्यक्ष संवाद स्थापित गरी नीतिनिर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको सचिवालयले जनाएकोछ । कार्यक्रमलाई सुशासन, उत्तरदायित्व र जनमुखी शासनप्रणाली सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको बताइएको छ




प्रतिक्रिया