काठमाडौं, ४ वैशाख । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा उक्त रिटमा हिजो (बिहीबार) देखि सुनुवाइ भएको थियो ।
आज (शुक्रबार) रिट निवेदक पक्ष र विपक्षका कानून व्यवसायीहरुले बहस गरेका थिए । विपक्षीका तर्फबाट कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले समेत बहस गरेका थिए । सो रिटमा आज नै निर्णय आउने बताइएको छ ।
विशेष महाधिवेशनपछि कांग्रेसमा विवाद सुरु भएको हो । निर्वाचन आयोगले विशेष महाधिवेशनलाई आधिकारिकता प्रदान गरेपछि तत्कालीन सभापति शेरबहादुर देउवा पक्षधर नेताहरुले सर्वोच्चमा रिट दायर गरेका थिए ।




प्रतिक्रिया