काठडमाडौं, ४ वैशाख । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा उक्त रिटमा हिजो (बिहीबार) देखि सुनुवाइ भएको थियो ।
आज (शुक्रबार) रिट निवेदक पक्ष र विपक्षका कानून व्यवसायीहरुले बहस गरेका थिए । विपक्षीका तर्फबाट कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले समेत बहस गरेका थिए । सो रिटमा आज नै निर्णय आउने बताइएको छ ।
विशेष महाधिवेशनपछि कांग्रेसमा विवाद सुरु भएको हो । निर्वाचन आयोगले विशेष महाधिवेशनलाई आधिकारिकता प्रदान गरेपछि तत्कालीन सभापति शेरबहादुर देउवा पक्षधर नेताहरुले सर्वोच्चमा रिट दायर गरेका थिए ।
सर्वोच्चमा उक्त रिटमाथि सुनुवाइ भइरहँदाको दृश्य भने रोचक रहेको थियो । विशेष महाधिवेशन पक्षधरको तर्फबाट नियुक्त कानून व्यवसायी भने कांग्रेस पृष्ठभूमिका थिए भने रिट निवेदक (देउवा पक्ष) का वकिल भने वामपन्थी पृष्ठभूमिका थिए । विशेष महाधिवेशन पक्षधर (विपक्षी) को तर्फबाट कानून व्यसायीह हरिहर दाहाल, सिताराम केसी, गोपालकृष्ण घिमिरे, सेमन्त दाहाला, चन्द्रकान्त ज्ञवाली, पूर्णमान शाक्य, शैलेन्द्र दाहाल, यदुनाथ खनाललगायतले बहस गरेका थिए ।
रिट निवेदक (देउवा पक्ष) बाट भने रमण कुमार श्रेष्ठ, रमेश बडाल, गोविन्द बन्दीलगायतले बहस गरेका थिए । वरिष्ठ अधिवक्ता क्षेत्र तत्कालीन माओवादीको सरकार हुँदा महान्यायाधिवक्ता बनेका थिए भने बडाल एमालेबाट केपी शर्मा ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता बनेका थिए ।




प्रतिक्रिया