काठमाडौं, वैशाख १३ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संसदीय नेताको चयनमा अस्वाभाविक ढिलाई भएको भन्दै आपत्ति जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले ‘संसदीय दलको नेता छनोटको कार्यमा देखिएको अस्वाभाविक ढिलाई र अन्योल दलको सार्वभौम अधिकार माथिको ठाडो हस्तक्षेपको परिणाम भएको जनाएका छन् ।
‘नेपाली कांग्रेस संसदीय दलको नेता छनोट गर्ने कार्य पार्टी केन्द्रीय कार्यसमितिले दलको विधान अनुमोदन गरेपछि संसदीय दलको विधानको व्यवस्था बमोजिम केन्द्रीय कार्यसमितिको समन्वय र सहजीकरणमा संसदीय दलका सदस्यहरुले सर्वसम्मत वा प्रतिस्पर्धाको माध्यममाबाट सार्वभौम तरिकाले निर्वाचन सम्पन्न गर्ने विषय हो’ उनले लेखेका छन्, ‘यो दशथरिको हुन्डरि मच्चाउने काम र हस्तक्षेप कसैको हितमा छैन।’
नेता खड्काले सांसदहरूको गम्भीर ध्यानाकार्षण गराउदै संसदीय दलले अबिलम्ब दल नेताको चयन सम्पन्न गरेर जनता र दुनियाँको नजरमा पार्टीको छबिमा हुन थालेको थप क्षतिलाई रोक्न आग्रहसमेत गरेका छन्।
यस्तो छ उनको स्ट्याटस
नेपाली काँग्रेस संसदियदलकाे नेता छनाेटकाे कार्यमा देखिएकाे अस्वाभाविक ढिलाई र अन्याेल दलकाे सार्भभाैम अधिकार माथिकाे ठाडाे हस्तक्षेपकाे परिणाम हाे। याे कार्य तत्काल बन्द गरियाेस। संसदिय दलका मा.सदस्यहरुकाे यश तर्फ गंभीर ध्यानाकार्षण 🙏
नेपाली काँग्रेस संसदियदलकाे नेता छनाेट गर्ने कार्य पार्टी केन्द्रीय कार्यसमितिले दलकाे बिधान अनुमाेदन गरेपछि संसदियदलकाे बिधानकाे ब्यबस्था बमाेजिम केन्द्रीय कार्यसमितिकाे समन्वय र सहजिकरणमा संसदियदलका सदस्यहरुले सर्बसम्मत वा प्रतिस्पर्धाकाे माध्यममा बाट सार्वभाैम तरिकाले निर्बाचन सम्पन्न गर्ने बिषय हाे।
याे दशथरिकाे हुन्डरि मच्चाउने काम र हस्तक्षेप कसैकाे हितमा छैन🌳
संसदिय दलले अबिलम्ब दलनेताकाे चयन सम्पन्न गरेर जनता र दुनियाकाे नजरमा पार्टिकाे छबिमा हुन थालेकाे थप क्षतिलाइ राेकियाेस 🙏
यसबिषयमा पार्टी केन्द्रीय नेतृत्वकाे गंभीर
ध्यानाकर्षण हाेस🌳




प्रतिक्रिया