काठमाडौं, वैशाख १४ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । संसदीय दलको नेतृत्व चयनसम्बन्धी प्रक्रिया अघि बढाउने तयारीका बैठक आह्वान गरिएको हो ।
पार्टीका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ का अनुसार अहिले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सभापति गगन थापाले सहमतिको आधारमा संसदीय दलको नेताका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। बैठक सम्पन्न भएपछि आजै दिउँसो १ बजे पार्टी संसदीय दलको कार्यालयमा सांसदहरूसँग थप छलफल हुनेछ ।
उनका अनुसार सभापतिबाट प्रस्तुत प्रस्ताव अनुसार संसदीय दलको विधानको धारा ५ बमोजिम दल नेताको चयन प्रक्रिया औपचारिक रूपमा अघि बढाइनेछ। बैठकमा सहभागी हुन समितिका पदाधिकारी एवं सदस्यलाई अनुरोध गरिएको छ ।




प्रतिक्रिया