देउवा पक्षले बोलाएको भेलामा शेखर कोइराला समूह नजाने


काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले बोलाएको भेलामा डा.शेखर कोइराला समूह नजाने भएको छ ।

देउवा समूहका नेता तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाराजगञ्जस्थित स्मार्ट होटलमा १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य तथा जिल्ला सभापतिहरूको भेला बोलाएका छन् । त्यो भेलाबारे खड्काले शेखर समूहका नेता डा. शेखर कोइरालालाई जानकारी गराएका थिए ।

डा. कोइरालाले आफु उक्त भेलामा नआउने बताएको उनी निकट एक नेताले जानकारी दिए ।