काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा( का उपाध्यक्ष विक्रम पाण्डेलाइ अनुसन्धानको लागि ८ दिन म्याद थप गरिएको छ । जिल्ला अदालत काठमाडौंले हिजो उनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
ठेक्कापट्टामा अनियमितता गरेको आरोपमा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार पक्राउ गरेको थियो ।
उनी कालीका कन्स्ट्रक्सनका सञ्चालक हुन् । उनीसहित यो प्रकरणमा अहिलेसम्म १३ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको सीआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । उनीहरुमध्ये ७ जना निर्माण व्यवसायी छन् ।
पाण्डेमाथि सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन प्रणाली (इ बिडिङ) मा अनाधिकृत पहुँच पुर्याएर ठेक्काहरुको विवरण हेरफेर गरेको विषयमा उजुरी परेको थियो । कार्यालयले आर्थिक प्रस्ताव खोल्नुभन्दा अगाडि नै आफ्नो प्रस्ताव संसोधन गरेर ठेक्का हत्याउन गरेको पाइएपछि प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो ।




प्रतिक्रिया