अलपत्र रहेका खानेपानी आयोजनालाई पूरा गर्नु सरकारको प्राथमिकता:मन्त्री निशा


काठमाडौँ । खानेपानी मन्त्री निशा मेहताले अलपत्र अवस्थामा रहेका खानेपानी आयोजनाहरूलाई पूरा गर्नु सरकारको मुख्य प्राथमिकता रहेको बताएकी छिन् ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले नयाँ योजनाभन्दा पनि पुराना र अधुरा कामलाई सम्पन्न गर्न मन्त्रालय केन्द्रित हुने जानकारी दिइन् ।

मन्त्री मेहताले मेलम्ची खानेपानी आयोजना काठमाडौँ उपत्यकाका बासिन्दाको ठूलो आशाको केन्द्र भएको उल्लेख गरिन् । आयोजनामा देखिएका प्राविधिक समस्या र सुरुङको सुरक्षाबारे मन्त्रालयले गम्भीरतापूर्वक छलफल गरिरहेको उनले बताइन् ।

सीमित बजेटको चुनौती मन्त्री मेहताले बजेट सिलिङ घटेको कारण केही समस्या भए पनि उपलब्ध स्रोतको अधिकतम सदुपयोग गरिने बताइन् । उ

बैठकमा सांसदहरूले मेलम्चीको पानी वितरणमा देखिएको अनिश्चितता र देशभरका खानेपानी आयोजनामा बजेट अभाव भएको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।