घरभित्र पसेको भन्दै बालकलाई कुटपिट


काठमाडौं । रोल्पामा घरभित्र पसेको भन्दै एक बालकलाई कुटपिट गरिएको छ ।

गंगादेव गाउँपालिका वडा नम्बर ५ कुइनेटा बस्ने पूर्णबहादुर विकका ११ वर्षीय छोरालाई कुटपिट गरेको हो । कुटपिटको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

रोल्पाका डिएसपी विरेन्द्र विश्वकर्माका अनुसार घटना वैशाख ११ गते साँझको हो।

११ वर्षीय बालक एक व्यक्तिको घरभित्र पसेको भन्दै अनुहारमा चोट र सुन्निने गरी कुटपिट गरेको आरोप छ। बालकको तस्बिर र भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएको थियो। कसको घरमा यो घटना भएको हो र घटनामा को-को संलग्न थिए पनि प्रहरीले खुलाइसकेको छैन।

उनीहरूमाथि भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।