सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको जिम्मेवारी ढकाललाई


काठमाडौँ । सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सह–सचिव निर्मल ढकाललाई दिइएको छ ।

मङ्गलबार अर्थ मन्त्रालयले ढकाललाई महानिर्देशकको जिम्मेवारी दिएको हो । उनी यसअघि सोही विभागमा उपमहानिर्देशकको रूपमा कार्यरत थिए।