बालेनले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिनुपर्छ : हर्क साम्पाङ


काठमाडौं, वैशाख १७ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेका छन्। उनले प्रम शाहलाई नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्दै गरिबलाई सडकमा पुर्याउने सरकारको औचित्य सकिएको जनाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘बालेनले तुरुन्तै राजीनामा दिएर मार्ग प्रशस्त बनाइदिनु राम्रो। गरिबलाई सडकमा पुर्याउने सरकारको औचित्य सकियो।’

यस्तै, राज्य आतंक मच्चाएर जनतालाई बेघर, बासविहीन बनाएर बिजोग बनाएका कारण नैतिकताको आधारमा राजीनामा दिनु पर्ने बताउँदै उनले लेखेका छन्, ‘राज्य आतंक मच्चाएर जनतालाई बेघर, बासविहीन बनाएर बिजोग बनाएको कारण नैतिकताको आधारमा राजीनामा दिनुपर्छ। मैले सुझाएको कुरा मानेको भए बालेनको यो गति हुने थिएन।’