काठमाडौं, वैशाख १७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रञ्जु दर्शनाले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्ला निर्णय तथा कदमहरूलाई खुलेर साथ दिएकी छिन्।
बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले प्रधानमन्त्रीलाई शाहलाई अघि बढ्न र आफूहरू साथमै रहेको बताएकी छन् । उनले कमीकमजोरी देखे सच्चाउनका लागि आफूहरू रहने भन्दै कहिलेकाहीँ गल्ती भए भने स्वीकारेर सुधार गर्दै अघि बढ्नुपर्ने भनाइ राखेकी छन् । उनले कमजोर बनोस् भनेर मौका खोजिरहेकालाई मनोरञ्जन नदिने जिकिर गरेकी छन् ।
‘अघि बढ्नुस्। हामी साथमा छौं। कमी कमजोरी देखे सच्चाउनको लागि तपाई समक्ष नै राख्छौं। सकभर गल्ति नगर्ने हो तर कहिलेकाहिँ गल्ती हुनपनि सक्छन्, भए भने स्विकारेर सुधार गर्दै अघि बढ्नुपर्छ,’ उनले लेखेकि छन ‘कमजोर बनोस् भनेर मौका खोजिरहेकालाई मनोरञ्जन दिनेछैनौं।’




प्रतिक्रिया