पेरिस, १९ वैशाख । स्वास्थ्यमा समस्या आए पछि इरानका नोबेल शान्ति पुरस्कार विजेता नर्गिस मोहम्मदीलाई उपचारको लागि इरानको अस्पतालमा भर्ना गरिएको उनका समर्थकहरूले बताएका छन् ।
दुई दशक भन्दा बढीको अधिकार अभियानको आधारमा सन् २०२३ मा नोबेल शान्ति पुरस्कार जितेका मोहम्मदीलाई इरानका धर्मगुरु तथाअधिकारीहरू विरुद्ध बोलेको आधारमा गत डिसेम्बरमा पूर्वी सहर मशादबाट पक्राउ गरिएको थियो ।
उनका समर्थकहरूले उनको स्वास्थ्यको बारेमा महिनाौँ देखि चेतावनी दिँदै आएको र मार्चको अन्त्यमा उनलाई शंकास्पद हृदयघात भएको तर आवाश्यक चिकित्सा उपचार प्राप्त भएको बताएका छन्।
मोहम्मदीको फाउन्डेसनले शुक्रबार सार्वजनिक गरेकोे विज्ञप्तीमा, गम्भीर हृदयघातको उपचारका लागि जन्जानको अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।
उनको परिवारले यस कदमलाई अन्तिम कार्यको रूपमा वर्णन गरेको जनाइएको छ ।
उनका वकिल मुस्तफा निलीले सामाजिक सञ्जाल एक्समा गरेको पोस्टमा, मोहम्मदीलाई सुरुमा रक्तचापमा समस्या आएपछि बेहोस भएको तथा अस्पतालमा भर्ना गर्न चिकित्सकहरूले अस्विकार गरेको बताएको छ ।
न्यूरोलोजिस्टका अनुसार, उनको हृदयघातसम्बन्धी गम्भीर समस्याहरूको बाबजुद, उनको अवस्थालाई सम्बोधन गर्नु हालको प्राथमिकता भएको निलीले जनाएको बताएको छ ।
एक शताब्दीको पछिल्लो समयमा, ५३ वर्षीया मोहम्मदीलाई इरानले मृत्युदण्ड र महिलाहरूका लागि अनिवार्य ड्रेस कोडको बिरूद्ध अभियान चलाएकोमा बारम्बार मुद्दा चलाइ जेलमा हालिएको जनाइएको छ । रासस




प्रतिक्रिया