काठमाडौं, वैशाख १९ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा.धनश्याम भट्टराईले राजीनामा पनि दिएका छन् । भट्टराईले आज पदबाट राजीनामा दिएका हुन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिवि सेवा आयोगको अध्यक्षमा भट्टराईलाई नियुक्त गरेका थिए ।
बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले पुर्ववर्ती सरकारका पालामा भएका राजनीतिक नियुक्तिहरूको खारेजी गर्ने तयारी गरेको छ । सोही तयारी अनुसार सरकारले राष्ट्रपति कार्यालयमा पठाएकोअध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले आज जारी गरिसकेका छन् ।
यसअघि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा दीपक अर्यालसहितका पदाधिकारीले पनि राजीनामा दिएका थिए । यसैगरी, संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले पनि राजीनामा दिएका थिए ।




प्रतिक्रिया