‘रवि जी, आफ्ना सांसदहरूकै घर पुर्जाबिनाको देखेर हो प्राधिकरण बनाउन खोजेको?’


काठमाडौं, वैशाख २१ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले रास्वपा सभापति रवि लामिछानेको अभिव्यक्ति आउन ढिला भएको बताएका छन्। रास्वपाको आइतबारको बैठकले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका अव्यवस्थित बसोबास र भूमिहीनहरूको समस्या समाधानका लागि अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सरकारलाई सुझाव दिएको छ।

सोही सन्दर्भमा रहेर सांसद हर्कले उक्त सुझाव धेरै सुकुम्बासीको घरटहरा भत्काएपछि आएको भन्दै टिप्पणी गरेका हुन्।उनले आयोग बनाएर मात्रै डोजर चलाउनु पर्ने बताए। अब आफ्ना सांसदहरूकै घर पुर्जाबिनाको देखेर प्राधिकरण बनाउन खोजेको हो कि भन्दै प्रश्न समेत गरेका छन्।

‘रवि लामिछाने जी… ढिलो आयो अभिव्यक्ति। त्यो शक्तिशाली प्राधिकरण/आयोग बनाएर मात्रै डोजर चलाउनु पर्थ्यो। अब आफ्ना सांसदहरूकै घर पुर्जाबिनाको देखेर हो प्राधिकरण बनाउन खोजेको?’ उनले भनेका छन्।