चितवन निकुञ्ज अधिकृतको जिम्मेवारी पुनलाई


चितवन । चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृतको जिम्मेवारी दिलबहादुर पुनलाई दिइएको छ ।

पुनले यसअघि पनि झण्डै २० महिना चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत भएर काम गरेका थिए ।

प्रमुख संरक्षण अधिकृत रहेका डा.गणेश पन्तलाई मन्त्रालयले विभागमा सरुवा गरेपछि पुनलाई फेरि प्रमुख संरक्षण अधिकृतको जिम्मेवारी प्रदान गरिएको हो ।