कीर्तिपुरबाट सुकुमवासीलाई लगियो खरिपाटी


काठमाडौं । अविरल वर्षापछि डुबानमा परेका कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरका सुकुमवासीलाई स्थानान्तरण गरिएको छ ।

कीर्तिपुरबाट ३१ परिवारका ८९ जनालाई खरिपाटीस्थित होल्डिङ सेन्टरमा लगिएको हो । शनिबार र आज (आइतबार) बिहान गरेर सो संख्यामा सुकुमवासीहरू खरिपाटी लगिएको हो ।

केहीलाई भने भक्तपुरकै बोडेमा स्थानान्तरण गरिएको छ ।