काठमाडौं, वैशाख २६ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।
प्राधिकरणले आज जारी गरेको दरखास्त आह्वान अनुसार उम्मेदवारहरूले अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानुन वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। अध्यक्ष पदका लागि नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) वा सो सरहको पदमा कार्य गरेको, अथवा राष्ट्रिय, अन्तर्राष्ट्रिय बैंक, वित्तीय संस्था वा सहकारी क्षेत्रमा कम्तीमा १५ वर्षको कार्य अनुभव हुनुपर्नेछ।
विज्ञ सदस्यका लागि सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको कार्य अनुभव हुनुपर्ने व्यवस्था गरिएको छ।दरखास्त दिने अन्तिम मितिसम्म ६० वर्ष उमेर पूरा नभएको हुनुपर्ने सूचनामा उल्लेख छ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् २०८३ जेठ ९ गतेसम्म ललितपुरको पुल्चोकस्थित राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यालयमा दरखास्त बुझाउन सक्नेछन्।





प्रतिक्रिया