सत्तारुढ चार दलकाे निर्णय: मधेसमा कांग्रेसकै सरकारलाई निरन्तरता दिने


जनकपुरधाम । सत्तारुढ चार दलले मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई नै निरन्तरता दिने निर्णय गरेको छ ।

सत्तारुढ चार दलले आइतबार वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत लिने निर्णय पनि गरेका हुन् । उनीहरूले विज्ञप्तिमार्फत यथाशिघ्र चाँडो विश्वासको मत लिने पनि निर्णय गरेको बताएका छन् ।

कांग्रेस, जसपा नेपाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र लोसपा नेपालको संयुक्त बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो ।

गत वैशाख २२ गते जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको थियो ।