मिटरब्याज विरुद्धको पैदल न्याय मार्च : आज लालबन्दीबाट अघि बढ्याे


काठमाडौँ । मिटरब्याज विरुद्धको पैदल न्याय मार्च आज चौथो दिनमा लालबन्दीबाट अघि बढेको छ। जनकपुरबाट असार २५ बाट सुरु भएको न्याय मार्च शुक्रबार लालबन्दीबाट अघि बढेको हो ।

राज्यलाई ब्युँझाउन र आफ्ना हकअधिकार स्थापना गर्न उद्यमी तथा पीडितहरूले बोकेको यो यात्रा काठमाडौँ नपुगी रोकिने छैन भनी क्रमिक रूपमा अघि बढिरहेको आयोजकहरूले जानकारी दिएका छन्।

उनीहरू प्रत्येक दिन करिब २०–२६ किलोमिटर पैदल यात्रा गर्दै राजधानी तर्फ अगाडि बढिरहेका छन्।