काठमाडौँ । विपक्षी दलहरूले आगामी संसद् अधिवेशनअघि रणनीति बनाउन छलफल गरेका छन् ।
काठमाडौंको अनामनगरमा भएको छलफलमा कांग्रेसबाट प्रमुख सचेतक बासना थापा, सचेतक निश्कल राई, नेकपा एमालेका प्रमुख सचेतक ऐन महर, नेकपाका प्रमुख सचेतक युवराज दुलाल, राप्रपाका सचेतक खुश्बु ओली र श्रम संस्कृति पार्टीका सचेतक आरेन राई सहभागी भएका छन् ।
छलफलमा सत्ता पक्ष कुन रूपमा प्रस्तुत हुन्छ त्यसमा विपक्षीको धारणा एक बनाएर जाने विषयमा छलफल भएको नेताहरुले बताएका छन् । सरकारले ल्याएको अध्यादेशप्रति विपक्षी दलहरू असन्तुष्ट बनेका छन् ।
त्यस्तै, नीति तथा कार्यक्रम, बजेटमा विपक्षी दलहरूले सरकारले मनोमानी गरे कसरी प्रतिकार गर्ने भन्ने विषयमा पनि छलफल गरेका छन् ।




प्रतिक्रिया