रास्वपामा भित्रिए मिलन पाण्डे, पाए सुमना श्रेष्ठको स्थान


काठमाडौं, वैशाख २७ । विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । आज बसेको रास्वपा सचिवालय बैठकले उनलाई शिक्षा विभागको प्रमुख बनाउनेगरी पार्टीमा स्थान दिएको हो ।

यसअघि सुमना श्रेष्ठ प्रमुख रहेको शिक्षा विभागको प्रमुखको पद उनले पार्टी छोडेपछि खाली रहेको थियो । पाण्डे विवेकशील नेपाली दलका संस्थापक नेता हुन् । पार्टी अध्यक्ष रविन्द्र मिश्रसँग मतभेदपछि पाण्डे पार्टी परित्याग गरेर राप्रपामा गएका थिए । यसअघि विवेकशीलबाट उदाएका समिक्षा बास्कोटा र रञ्जु दर्शना रास्वपामा गएर दुवै प्रतिनिधिसभा सदस्य बनेका छन् ।

बैठकले स्टार्ट अप विभागको प्रमुखमा डाक्टर प्रभात अधिकारीलाई मनोनयन गरेको छ भने र्याट (Rapid Action Team) को केन्द्रीय विभाग प्रमुखमा बैकुण्ठ थापा (आशिष)लाई मनोनय गरेको छ । यस्तै र्याट काे उप प्रमुखमा पुर्व डीआईजी (APF) विदुर खड्का लाई मनोनयन गरेको छ।